राजनीति

आन्दोलनरत बारको टोलीले सभामुख सापकोटलाई भेट्दै

जगत ठाडा मगर
२०७८ मंसिर ६ | मध्यान्ह १२:०८ बजे

काठमाडौं । नेपाल बार एसोसिएसनले सोमबार दिउँसो २ बजे सभामुख अग्निप्रसाद सापकोटासँग भेटघाट गर्ने भएको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आएको बारले आजै संसद्मा रहेका विभिन्न राजनीतिक दलहरुलाई ज्ञापनपत्र एवं ध्यानाकर्षण पत्र बुझाउँदैछ।

बारले विभिन्न राजनीतिक दलहरुलाई ज्ञापनपत्र एवं ध्यानाकर्षण पत्र बुझाउनुअघि सभामुख सापकोटालाई भेट्न लागेको हो। प्रधानन्यायाधीश जबराले न्यायिक क्षेत्रमा भ्रष्टार बढाएको, मन्त्रिपरिषद्मा बागबण्डा खोजेको, न्यायिक सुधार गर्न नसकेकोलगायत आरोप लगाउँदै नेपाल बार एसोसिएसनले करिब ४ हप्तादेखि आन्दोलित छ।

बारले प्रधान्यायाधीश जबराको राजीनामा माग गर्दै दिनहुँजसो सर्वोच्च परिसरमा धर्ना दिँदै आएको छ। राजीनामा नआएसम्म धर्ना र विरोधका कार्यक्रमलाई मुलुकभरका अदालतमा जारी राख्ने बारको रणनीति छ।सोही क्रममा बारले आज राजनीतिक दलहरुलाई ज्ञापन पत्र बुझाउन लागेको हो।

कमेन्टहरु