खेलकुद

एसियन कप छनोटमा नेपाल र हङकङबीचको खेल आज

जगत ठाडा मगर
२०७८ मंसिर ६ | बिहान ०८:०८ बजे

काठमाडौं । नेपालले सोमबारबाट आईसीसी विश्वकप २०२३ को एसियाली छनोट खेल खेल्दैछ। यूएईमा आजबाटै सुरु हुने महिला छनोट खेलमा नेपालले पहिलो खेलमा हङकङको सामना गर्न लागेको हो।

छनोटमा कुल ६ टिमको सहभागिता रहेका छ। त्यहाँ नेपालसहित, हङकङ, यूएई, भुटान, मलेसिया, कुवेतले प्रतिस्पर्धा गर्नेछ। दुबईको आईसीसी क्रिकेट एकेडेमीको मैदानमा आगामी २८ तारिखसम्म चल्ने छनोटअन्तर्गत पहिलो खेलमा नेपालले हङकङको सामना गर्न लागेको हो।

दुई वर्षअघि भएको विश्वकप छनोटमा नेपालले हङकङलाई ४ विकेटले हराएको थियो। नेपाल त्यो नतिजालाई निरन्तर राख्दै जित निकाल्न चाहन्छ। छनोटको विजेताले विश्वकपको ग्लोबल छनोटमा पनि स्थान बनाउनेछ।

यो छनोटअघि नेपाली टिमले कतारी भूमिमा त्यहाँको राष्ट्रिय महिला टिमसँग तीन खेलको ऐतिहासिक सिरिज खेलेको थियो। सो सिरिजन नेपालले ३–० ले क्लिन स्विप गरेको थियो। त्यसपछि नेपाली टिम महिला छनोट खेल्न पुगेको हो।

यस्तो छ नेपालको खेल तालिका

मंसिर ६ गते, नेपाल र हङकङ दिउँसो सवा ११ बजे

मंसिर ७ गते, नेपाल र भुटान दिउँसो सवा ३ बजे

मंसिर ९ गते, कुवेत र नेपाल दिउँसो सवा ११ बजे

मंसिर १० गते, मलेसिया र नेपाल दिउँसो सवा ११ बजे

मंसिर १२ गते, यूएई र नेपाल दिउँसो सवा ११ बजे

सो छनोटअन्तर्गत आज नै तीन खेल हुनेछन्। आजको पहिलो खेलमा घरेलु टिम यूएईले मलेसियाको सामना गर्नेछ। त्यस्तै दोस्रो खेल नेपाल र हङकङबीच हुनेछ भने तेस्रो खेलमा भुटानले कुवेतसँग खेल्नेछ।

कमेन्टहरु