त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ जना पक्राउ


काठमाडौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ जना पक्राउ परेका छन्। विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ एरियाबाट अवैध रुपमा संकलन गरी लैजान लागेको १ सय ५० ग्राम सुन जस्तो देखिने पहेलो रंगको धातुको बाला ३ थान सहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा कञ्चनपुर बेलौरी नगरपालिका–३ का ३७ वर्षीय धर्म बहादुर सुनार र खोटाङ रुपकोट मझुवागढी नगरपालिका–१० ठेगाना भएका ४१ वर्षीय हरि प्रसाद गिरी रहेका छन्। उनीहरूमध्ये धर्मको साथबाट १ सय ग्रामको २ थान बाला र हरि प्रसादको साथबाट ५० ग्रामको १ थान बाला बरामद भएको हो।
मलेसियाबाट काठमाडौं आएको यात्रुहरूलाई भन्सार छली गर्न लगाई उनीहरूले उक्त धातुको बालाहरु संकलन गरी लैजान लागेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको हो। उनीहरूलाई बरामद बाला सहित आवश्यक अनुसन्धान एवं कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ ।






















