देश

खोलामा डुबेर उदयपुरमा एक जनाको मृत्यु

जगत ठाडा मगर
२०७८ मंसिर ४ | मध्यान्ह ०७:०८ बजे

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाका मेयर बलदेब चौधरीका छोराको खोलामा डुबेर शनिबार दिउँसो ज्यान गएको छ ।

उनी साथीसँग पिकनिक खान चौदन्डीगढी नगरपालिका १० पुगेका ३० वर्षीय मनोज चौधरीको स्थानीय देबधार खोलामा डुबेर ज्यान गयको हो।

मध्यान १२ बजे खाजा खाएर खोलामा नुहाउन गएका चौधरीको दहमा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालयका डिएसपि बेदप्रसाद गौतमले जानकारी दिए।
खाजा खाएर बेपत्ता भएका चौधरी कतै नदेखिएपछि खोजी गर्दा दहमा डुबेको अवस्थामा फेला परेका सँगै गएका साथीलाई उद्धृत गर्दै मृतकका आफन्त रबिन्द्र चौधरीले बताए। मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ।

घटनाको थप अनुसन्धान भैरहेको डिएसपि गौतमले जानकारी दिए।

कमेन्टहरु