रौतहटमा प्रचण्डलाई ५१ किलोको फुलमाला लगाएर स्वागत


रौतहट । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई रौतहटमा ५१ किलोको माला लगाएर स्वागत गरिएको छ ।
नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति रौतहटद्वारा स्थानीय कटहरिया बजारमा आयोजित जनसभा सम्बोधन तथा पार्टी प्रवेश कार्यक्रमका प्रमुख अतिथि पूर्व प्रधानमन्त्री प्रचण्डलाई कार्यकर्ताले ५१ किलोको फुलको माला लगाएर स्वागत गरेका हुन्।
बिहान ११ बजेको समय कार्यक्रम निर्धारण भए पनि प्रचण्ड दिउँसो करिब २ बजे रौतहट पुगेका थिए। सो क्रममा उनले मधेसमा आगामी चुनावमा माओवादी पहिलो दल बन्ने दाबी गरे।
महिला बालबालिका, मुस्लिम, मधेसवासीको हक, अधिकार सुनिश्चित गर्ने गरि आफूले संविधान संसोधन प्रस्ताव प्रतिनिधिसभामा लगेपनि एमाले अध्यक्ष केपी ओलीले रोकेको उनले बताएका थिए।
प्रचण्ड रौतहट पुगेपछि त्यहाँको स्थानियहरुको जनलहरले तराईमा माओवादीमय बन्दै गएको उपस्थितिले देखिन्थ्यो ।






















