राजनीति

जनमतको नगर शभा जारी

जगत ठाडा मगर
२०७८ मंसिर ४ | मध्यान्ह ०४:०८ बजे

विनोद मण्डल
प्रदेश २ । सिरहाको लक्ष्मीपुर पतारीमा जनमत पार्टीको सभा अहिले जारी रहेको छ । सभालाई सम्बोधन गर्न आएका केन्द्रिय अध्यक्ष सीके राउतलाई कार्यकर्ताहरूले तामझामका साथ धनगढी बजारदेखि सभा स्थलसम्म पुराएका छन् ।

राउतलाई स्वागत गर्नको लागि कार्यकर्ताहरु हातमा फूलमाला र अविर लिएर बाटोमा लामबद्ध रहेको छ । धनगढी माई – २ भवानीपूरमा पार्टीको कार्यालयको उटघाटन कार्यक्रममा आउनुभएका राउट सभा स्थलमा पुग्नु अघि त्यहाँ स्थित मठ मन्दिरहरुको दर्शन गरिसकेपछि कार्यक्रममा प्रमुख अतिथिको आसनग्रहण गर्नु भएको छ ।

कार्यक्रममा जिल्ला तथा प्रदेशका मुख्य नेताहरुको समेत सहभागी रहने जनमत पार्टीका जिल्ला नेताहरुले बताएका छन । सभामा हजारौंको संख्यामा अाम जनता सहभागी भएका छन् भने नेपाल प्रहरी र सशस्त्र प्रहरी यति बेला उक्त स्थानमा तैनाथ रहेको छ ।

कमेन्टहरु