शिक्षालाई प्रविधिमैत्री बनाउदै लैजानुपर्छ : शिक्षा मन्त्री पौडेल

जगत ठाडा मगर
२०७८ मंसिर ४ | मध्यान्ह ०३:०८ बजे

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षालाई प्रविधिमैत्री बनाउँदै लैजानुपर्ने बताएका छन् ।
शनिबार सेतो गुराँस राष्ट्रिय बालविकास सेवाको १४ औँ साधारण सभा तथा ७ अौँ केन्द्रीय अधिवेशनमा मन्त्री पौडेलले प्रविधिको क्षेत्रमा देशले फड्को मार्दै गइरहेको भन्दै शिक्षालाई प्रविधिमैत्री बनाउनु आवश्यक रहेको बताए । शिक्षण संस्थाले बालबालिकालाई प्रविधिसँग जोड्दै लैजानुपर्नेमा जोड दिँदै उनले प्रविधिको क्षेत्रमा लगानी गर्न मन्त्रालय तयार रहेको बताए ।
बालबालिकालाई सक्षम नागरिक बनाउन सेतो गुराँसले खेलेको भूमिका उल्लेखनीय रहेको भन्दै मन्त्री पौडेलले दिगो विकासका लक्ष्य हासिल गर्न तथा बालबालिकालाई सक्षम र सबल बनाउन मन्त्रालय सहकार्य गर्न तत्पर रहेको बताए ।






















