आउने समयमा करको दायरा बढाउनुपर्छ : मन्त्री सैलेन्द्र साह


महेश सिंह
सिरहा, ४ मंसिर । प्रदेश नम्बर २ का अर्थ मन्त्रालयले पहिलोपल्ट प्रदेश २ मा कर दिवस समारोहको आयोजना गरेको थियो । सिरहाको लहानस्थित बाटीका टुरीजममा कर दिवसका आयोजना गरेका थिए । उक्त कार्यक्रममा सिरहाका कर असुली गर्ने अधिकांश कार्यालय प्रमुखहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको प्रमुख अतिथि प्रदेश नं २ का आर्थिक मामिला तथा योजना मन्त्री सैलेन्द्र साहका अनुसार कर छ्ली हैन कर रहरको रूपमा तिर्न सबैलाई जनसमुदायमा आग्रह र अपिल गरेका थिए । सेवाग्राहीहरुको लागी सेवा सुविधामा कार्यालयहरुले ध्यान दिनुपर्ने चर्चा गर्दै तीन तहकै समन्वयको कमी रहेको मन्त्री शाहले बताए । उनले भने आउने दिनमा प्रदेश सरकारले जुन समृद्धिमा जोड दिएको छ, त्यहि मानव सुचाङ्कको अधारमा बजेट निर्धारण गर्नुपर्छ त्यसमा हामी बिमती छौं ।´
बिकास नागरिकलाई अनुभुती हुने अनुरुपको हुनुपर्छ र संघीयता प्रति जुन जनतामा विश्वासनियता घट्दै गरेको अवस्था छ । आउने वर्षमा करको दायरा पनि बढाउनु पर्ने शाहले बताए । ट्राफिक कार्यालयलाई र सिमेन्ट फ्याक्टरीलाई करको दायरामा ल्याउन मन्त्री शाहले जोड दिए । विशिष्ट अतिथि धनगढीमाई नगरपालीकाका मेयर हरि नारायण चौधरीका अनुसार हामीले करको विषयमा सोच्नुपर्ने हुन्छ, तिन तहको सरकारको अनुसूची फरक फरक छ । जसले पैसा दिन्छ हुकुम उसैको चल्छ ।
कर तिर्न हामी सबैको दायित्व र कर चुहावट कसरी नियन्त्रण गर्ने तथा आर्थिक प्रबर्द्धन कसरी व्यस्थापन गर्ने र कर असुल गर्ने कार्यालयहरुलाई व्यस्थापन गर्दै जाने मेयर चौधरीले बताए । उनले भने करको छली हैन करको दायरामा सबैलाई लगौँ र सूचना प्राविधिको अधिक्तम प्रयोग गरौं ।´
अतिथिहरुमा नेपाल पोस्ट दैनिकका पत्रकार महेश सिंह, रेडियो नेपाल सिरहा संवाददाता संजय बिश्वकर्मा, धर्मेन्द्र पासमान, बिरेन्द्र नेपाल प्रदिप सिंह, घरेलु तथा साना उद्योग कार्यालय लहानका प्रमुख दिपेन्द्र कुमार यादव, धनगढीमाई नगरपालीका प्रमुख प्रशासकीय अधिकृत लगायत करसँग सम्बन्धित कार्यालयका प्रमुखहरुको सहभागीता रहेको रहेको थियो ।






















