देश

लुमजुङमा गणक, बिना थापालाई स्थानीयले पक्राउ गरि सिडियो कार्यालयमा बुझायो

जगत ठाडा मगर
२०७८ कार्तिक २९ | मध्यान्ह ०८:०७ बजे

लमजुङ । बौद्ध धर्म मान्नेहरुलाई हिन्दु भनेर लेख्ने गणक विना थापालाई लमजुङमा पक्राउ गरिएको छ । उनलाई तमुहरुले धर्मको महलमा बुद्ध लेख्ने पर्नेमा हिन्दु लेखेको आरोपमा पक्राउ गरेर प्रमुख जिल्ला अधिकारीलाई बुझाएको हो ।

धर्मको महलमा स्थानीयहरूले बौद्ध भन्दा भन्दै गणक थापाले हिन्दू लेखेपछि स्थानीयले नै नियन्त्रणमा लिएर सिडिओ कार्यालय पुर्‍याएका हो ।

यस विषयमा आफ्नो कार्यालयमा विना थापासहित स्थानीयहरु आएको र छलफल भइरहेको प्रमुख जिल्ला अधिकारी सुशील बैद्यले जानकारी दिए । यस विषयमा के गर्ने भनेर छलफलपछि निर्णय गर्ने वैद्यले बताए ।

कमेन्टहरु