एनएमबि बैंकमा भिडियो कलमार्फत खाता खोल्न सकिने

जगत ठाडा मगर
२०७८ कार्तिक २९ | मध्यान्ह ०२:०७ बजे

काठमाडौं । एनएमबि बैंकमा भिडियो कलमार्फत खाता खोल्न सकिने भएको छ । भिडियो केवाइसी प्रणालीअन्तर्गत पाँच मिनेटमै देश तथा विदेशबाट खाता खोली कारोबार गर्न सकिने बैंकले बताएको छ ।
बैंकले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उक्त सेवा घोषणा गरेको हो । अब ग्राहकहरूले डिजिटल सेवा प्रयोग गरेर आफ्नो केवाइसी विवरणहरू अपडेट गर्न सक्छन् ।
यसैबीच बैंकले अभिनेता पल शाहलाई ब्राण्ड एम्बेस्डर नियुक्त गरेको छ । हाल बैंकले देशभरीका १८१ शाखाहरु, १३७ एटिएमहरु, ९ एक्सटेन्सन काउन्टर मार्फत सेवा दिँदै आएको छ ।






















