दलित हिंसा, हत्या र विभेदकाे विरोधमा भैरहवामा प्रदर्शन


रुपन्देही । शिक्षित बनौं, संगठित होऔं र संघर्ष गरौं भन्ने मुल नाराका साथ, दलित हत्या, हिँसा र विभेदको विरुद्धमा र्याली तथा विरोध सभा कार्यक्रम भैरहवामा भएको छ । देशभर श्रृंखलाको रुपमा दलित समुदाय माथि भईरहेको हत्या, हिँसा, बलात्कार एवम् जातीय विभेदका घटना बिरुद्ध राष्ट्रियव्यापी जनविद्रोहको तयारी गरौं ।
दलित हत्या हिँसा र विभेदको बिरोधमा भिम आर्मी नेपाल रुपन्देही द्वारा हुने बिरोध र्यालीमा सहभागी बनौं । देश भित्र दिनहुँ दिन दलितहरुको हत्या, हिँसा, बलात्कार र जातिय विभेद लगायतको घटना बढी रहेको छ । दलित अन्तर-जातिय विवाह, मन्दिर, पुजापाठ र बलात्कारको बिषयमा हत्या भएको घटनाले रहेको ६० लाख दलितले असुरक्षित महसुस गरेका छन् ।
रुकुममा नवराज बि.क. लगायतका युवाहरु सामुहिक हत्या, प्रदेश २ मा प्रहरी हिरासतमा दलित युवाहरुको हत्या र हालै चितवनका भिमबहादुर बि.क. र रुपन्देहीका आंगीरा पासी लगायतको दलितहरु माथि भएको आत्याचार माथि गर्ने कारवाही गर्न नसकेको कारणले सम्पूर्ण दलितहरु असुरक्षित महसुस गरेका छन् ।
यही जातिय विभेद दमनको विरोधमा भिम आर्मी, नेपाल तथा दलित सेनाद्वारा आयोजित जुलुस कार्यक्रम रुपन्देही जिल्लाको सदरमुकाम भैरहवामा सम्पन्न भएको छ ।






















