दोलखाको बिगु गाउँपालिकामा गाउँमै सामाजिक सुरक्षा भत्ता बितरण

जगत ठाडा मगर
२०७८ कार्तिक २८ | बिहान १०:०७ बजे

दोलखा । दोलखाको ग्रामिण भेगमा पर्ने, विगु गाउँपालिका वडा नं १ लामाबगर स्थित लप्ची क्षेत्रमा भाैगाेलिक चुनाैतीका बाबजुद विगु गाउँपालिका (पञ्जीकरण इकाई) र नेपाल क्इनेभेष्टमेण्ट बैक लि,सिंगटी शाखाबाट संयुक्त रुपमा खटाइएकाे शिविरले ८ जना लाभग्राहीहरुलाई पहिलाे चाैमासिक सामाजिक सुरक्षा भत्ता वितरण गरेकाे छ ।
साथै शिविरमा सम्मिलित डाक्टरसहितकाे टाेलीले ३ जना अपाङ्गता भएका व्यक्तिहरुकाे अपाङ्गताकाे किसिम पहिचान समेत गरेकाे छ । -विगु गाउँपालिका






















