देश

प्रधानन्यायाधीश विरुद्ध आज पनि सर्वोच्चमा धर्ना, जबरालाई प्रवेशद्वारमै रोक्ने तयारी

जगत ठाडा मगर
२०७८ कार्तिक २८ | बिहान ०९:०७ बजे

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध करिब दुई सातादेखि आन्दोलन गर्दै आएका कानुन व्यवसायीहरुले आज पनि सर्वोच्च अदालतको मुख्य प्रवेशद्वारमै रोक्ने तयारीसहित धर्ना दिदैछन् ।

गत शुक्रबार पनि प्रधानन्यायाधीश जबरालाई प्रवेशमा रोक लगाउने योजनासहित कानुन व्यवसायीहरुले प्रदर्शन गरेका थिए । तर जबरा वैकल्पिक गेटबाट सर्वोच्च अदालतभित्र छिरेका थिए । नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले आज बिहान साढे ९ देखि साढे ११ बजेसम्म प्रधानन्यायाधीश जबरा प्रवेश गर्ने मुख्य प्रवेशद्वारमै धर्ना दिने बताए ।

विभिन्न प्रकरणमा नाम मुछिएपछि जबराको राजीनामा माग गर्दै नेपाल बारले कात्तिक १४ देखि हातमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गर्दै आएको छ । सर्वोच्च अदालतका न्यायाधीशहरु पनि प्रधानन्यायाधीश जबराकै विरोधमा छन् । विरोधमा रहेका न्यायाधीशहरु जबराले तोकेको इजलासमा पनि बसेका छैनन् ।

कमेन्टहरु