राजनीति

नेपाली कांग्रेस पदाधिकारी बैठकमा केन्द्रीय समितिका कार्यसूचीबारे छलफल

जगत ठाडा मगर
२०७८ कार्तिक २८ | बिहान ०७:०७ बजे

काठमाडौ । कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा पार्टीको आसन्न १४औँ महाधिवशेनको तयारीका लागि विभिन्न समिति उपसमिति बनाउनेलगायत विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाकोे निजीनिवास बुढानीलकण्ठमा शनिबार बसेको बैठकमा आइतबारदेखि सुरु हुने केन्द्रीय कार्य समितिको बैठकमा पेस हुने प्रस्तावका बारेमा छलफल भएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

बैठकले महाधिवेशन कार्यतालिका संशोधनलगायत बैठक नभएको अवधिमा भएका काम कारबाही अनुमोदन गर्ने प्रस्तावलगायत कार्यसूची तय गरेको छ । साथै विदेशस्थित पार्टीका जनसम्पर्क समितिका क्रियाशील सदस्यता अनुमोदन गरिएको उनले बताए ।

कांग्रेसको १४औँ महाधिवेशन आगामी २४ देखि २६ मंसिरमा काठमाडौंमा गर्ने कार्यतालिका छ ।

कमेन्टहरु