देश

१८४ किलो चरेससहित तीनजना पक्राउ

जगत ठाडा मगर
२०७८ कार्तिक २७ | मध्यान्ह ०४:०७ बजे

काठमाडौ । रत्ननगर इलाका प्रहरी कार्यालयले आज एक सय ८४ किलो ३५० ग्राम चरेससहित तीनजनालाई नियन्त्रणमा लिएको छ ।

रत्ननगर नगरपालिका–१४ शान्ति चोकबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो । प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार स्थानीयवासी विष्णु पन्तको घरमा गोदाम बनाई लुकाइराखेको अवस्थामा चरेस बरामद गरिएको थियो ।

पन्तको घरलाई वडा नं १५ निवासी उद्धव अधिकारीले गोदामका रुपमा प्रयोग गर्दै आएका थिए । गोदामबाट ३२ वटा कार्टुनमा १९२ वटा चेवन परासको भाँडामा राखिएको अवस्थामा चरेस बरामद गरिएको थियो ।

उक्त घटनामा संलग्न अन्यको खोजी भइरहेको जनाइएको छ । रासस

कमेन्टहरु