एसका अध्यक्ष नेपालद्वारा केन्द्रीय सदस्यहरुले लिए शपथ

जगत ठाडा मगर
२०७८ कार्तिक २७ | मध्यान्ह ०१:०७ बजे

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्यहरुले शपथ लिएका छन् ।
ललितपुरस्थित हेरिटेज गार्डेनमा जारी दोस्रो पूर्ण केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरुले शपथ लिएका हुन् । एकीकृत समाजवादीले ३३५ सदस्यीय केन्द्रीय कमिटी गठन गरेको छ । केन्द्रीय सदस्यहरुलाई माधवकुमार नेपालले शपथ ग्रहण गराएका हुन् ।
शपथपछि अध्यक्ष नेपालले उद्घाटन मन्तव्य शुरु गरेका छन् । केन्द्रीय कमिटीले पूर्णता पाएपछि पहिलो पटक बैठक शुरु गरिएको हो ।






















