घरबासले फेरिँदै दगामको पर्यटन पहिचान

रासस

सारांश
तनहुँ । शुक्लागण्डकी–२ स्थित दगाम गाउँ मगर समुदायको मौलिक संस्कृति, परम्परागत जीवनशैली, स्थानीय परिकार र आत्मीय आतिथ्यका कारण ग्रामीण पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकसित भएको छ ।
गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपाल (भिटोफ) गण्डकी प्रदेशले दगामलाई ‘गन्तव्य गाउँ’ का रूपमा सिफारिस गरेपछि आन्तरिक पर्यटकको रोजाइमा दगाम परेको हो । भिटोफले हरेक वर्ष तीनवटा गाउँलाई गन्तव्य गाउँका रूपमा सिफारिस गर्दै आएको छ ।
‘हरेक गाउँ पर्यटकीय ठाउँ’ अभियानअन्तर्गत गाउँलाई पर्यटनसँग जोड्ने प्रयास भइरहेको भिटोफ गण्डकीका अध्यक्ष रमेश अर्यालले बताए । दगामका २३ घरमध्ये २० घर मगर र तीन घर गुरुङ समुदायका छन् । मगर समुदायको मौलिक वेशभूषा, संस्कार, संस्कृति र परम्परागत जीवनशैली यहाँका प्रमुख आकर्षण हुन् ।
विसं २०६५ मा सिरुबारी गाउँको अवलोकन गरेपछि स्थानीयको पहलमा दगाम सामुदायिक होमस्टे सञ्चालनमा ल्याइएको थियो । हाल पोखरासहित भैरहवा, बुटवल, नारायणगढ र काठमाडौँबाट पर्यटक दगाम पुग्ने गरेका छन् ।
होमस्टे संयोजक नन्द थापाका अनुसार दगामबाट चारैतिरका डाँडासँगै हिमशृङ्खलाको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । एउटै स्थानबाट धौलागिरि हिमालका विभिन्न चुचुरादेखि गणेश हिमालसम्म देखिने उनले बताए ।
पाहुनालाई कोदो, मकै, पिँडालु र सिस्नुलगायत स्थानीय उत्पादनबाट तयार पारिएका परिकार तथा गाउँमै उत्पादित मह खुवाउने गरिएको उनले जानकारी दिए ।
शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले दगाम होमस्टेलाई राष्ट्रिय तथा प्रादेशिक प्राथमिकतामा राखेर विकास भइरहेको बताए ।
यसैबिच, विश्व पर्यटन दिवसका अवसरमा भिटोफ गण्डकीले दगाममा घरबास प्रवर्द्धन कार्यक्रम आयोजना गरेको छ ।

पत्रकारतिामाथिको हस्तक्षेप विरुद्ध छठपछि सरकार विरुद्ध सशक्त आन्दोलन गर्ने उद्धघोष : अध्यक्ष शर्मा

कोशी प्रदेशसभा : आर्थिक कार्यविधिसम्बन्धी विधेयकमाथि दफावार छलफल हुने

खोटाङमा लेखापढी व्यवसायीबाट हुने ठगी नियन्त्रण गर्न सेवा शुल्क निर्धारण

महाधिवेशन प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च पार्टीले व्यहोर्ने

प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार
अरुपनि पढ्नुहोस
सबै
मिलिनियम च्यालेन्ज एकाउन्ट (एमसीसी) नेपाल अन्तर्गत नेपाल-भारतबीच २०० केभी विद्युत् आदानप्रदान


मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबिच भेटवार्ता

मक्का गठबन्धनले सुरु गर्यो सैन्य सहकार्य, तत्काल युद्धमा जाने निर्णय भने छैन















