समाज

वडाअध्यक्षको निधनले पालिकामा एउटा असल अभिभावक गुमाएको छु : गापा अध्यक्ष यादव

जगत ठाडा मगर
२०७८ कार्तिक २७ | बिहान १०:०७ बजे

महेश सिंह
सिरहा लहान २७ कार्तिक – सिरहाको सखुवानन्कारकट्टी गाउँपालीका वडा न.२ का वडाअध्यक्ष बिल्टु यादवकाे अल्पआयुमै मृत्यु भएको छ । वडाअध्यक्ष यादवको मृत्यु हुँदा सम्पुर्ण गाउँपालिका नै शोकमा डुबेका छन । क्षति भएको सखुवानन्नकारकट्टी गाउँपालिकाका अध्यक्ष केदारनाथ यादवले बताउनु भएको छ ।

वडाअध्यक्षको निधनले गाउँपालिकामा अपुरणिय क्षति भएको भन्दै सभामा उनको ब्यक्तिगत र समाजिक छवीको बारेमा चर्चा गरिएको थियो । गाउँपालिकाद्वारा आयोजित श्रद्धाञ्जली सभाको सम्बोधन गर्दै पालिका अध्यक्ष यादवले वडाअध्यक्षको निधनले पालिकामा एउटा असल अभिभावकलाई गुमाएको बताएका छन् ।

जनप्रतिनिधिको कार्यकाल समाप्त नहुदै वडाअध्यक्षको निधनले सम्पूर्ण गाउँपालिका बासीलाई दुखित तुल्याएको गाउँपालिका अध्यक्ष केदारनाथ यादवले कार्यक्रममा भाबुक हुँदै बताएका थिए ।

जिउँदो हुँदा कार्यपालिकाको महत्त्वपूर्ण बैठकको निर्णय लगायत औपचारीक र अनैपचारीक रुपमा वडाअध्यक्ष ज्युको बिचार आएको छ, उक्त बिचारलाई बजेट तथा नीति कार्यक्रमहरुमा समेटने अध्यक्ष यादवले प्रतिबद्धता गरेका छन् ।

बिल्टु जि´ ले जनताको लागि बोकेका सपना सकार पार्न गाउँपालिका पछि नपर्ने भन्दै १३ औं दिनको पुन्यतिथी सोठिआईन मै मनाउने निर्णय गरेको अध्यक्ष यादवले सुनाए । मान्छेको जन्म भएपछि मृत्यु निश्चित छ, जति पैसा वाला मान्छे भएपनी मृत्युलाई किन्न सकिदैन, मानव जिवनमा जन्म र मृत्युको बिचको समय अमुल्य हुन्छ, प्रमुख प्रशासकीय अधिकृत रामकिशोर यादवले बताउनु भयो ।

वडाअध्यक्ष यादवको जनतालाई सेवा गर्ने कार्यगर्ने शैली राम्रो थियो, कर्मचारी र जनप्रतिनिधि दुबैको भावना बुझ्ने वडाअध्यक्ष उनी रहेको अधिकृत महतोले बताएका छन् ।,
वडा नम्बर – ३ का वडाअध्यक्ष महेन्द्र प्रसाद यादवले गाउँपालिकामा एक जना असल, मिलनसार र ईमान्दार वडाअध्यक्षको निधन भएको सुनाउनु भयो ।

वडा अध्यक्ष यादवको किड्नीको समस्याको करण २०७८ कार्तिक २४ गते बुधबार आचानक मृत्यु भएको थियो । सभामा उपस्थित सम्पुर्णले मृतक प्रति भावपुर्ण श्रद्धाञ्जली दिदै शोकाकुल परिवार जनमा गहिरो समबेदना ब्याक्त गरेका थिए । मृत्यक वडाअध्यक्ष प्रति शोक मनाउन गाउँपालिकाले सार्वजनिक रुपमा बिदा दिने निर्णय गरेका छन् । कार्तिक २८ आईतवारका दिन गाउँपालिका भित्रका सम्पुर्ण सरकारी तथा गैरसरकारी संघ संस्था, कार्यालय बन्द रहने जनाएको छ ।

वडाअध्यक्ष यादव सहासिक र उच्च मनोवलको मान्छे थियो । मनमा लागेका कुरा उहाँले नहिच्कीचाई ढुक्क साथ कार्यपालिका बैठकमा राख्थे । जनताको काम गर्न पछाडी नपर्ने हसिलो र मिलनसार स्वभाव भएका कारण वडाअध्यक्ष यादवको दाहसंस्कारमा सबै पार्टीको कार्यकर्ताहरुको उपस्थित रहेको जनाए ।

त्यसतै श्रद्धाञ्जली सभामा गाउँपालिका उपाध्यक्ष अमला देवि यादवले भावुक भएर मन्तब्य राख्न असमर्थ भएका थिए । कार्यक्रम मै उनको आँखा रसाए।श्रद्धाञ्जली कार्यक्रममा ईन्जिनियर राधेश्याम यादव, समाजसेवी मानविर यादव, मो मुस्ताफा, कृषि अभियान्ता रहमुल राईन लगायत सम्पुर्ण शाखाका कर्मचारी र जनप्रतिनिधिहरुले वडाअध्यक्ष यादवको तस्बिरमा माल्याअर्पण गरेर श्रद्धाञ्जली गरेका थिए।

कमेन्टहरु