लुम्बिनी प्रदेश, शिक्षा

पाल्हिनन्दन गाउँपालिकाद्वारा दुई मावि बिद्यालयलाई बस हस्तान्तरण

नवलपुर टुडे
२०७८ कार्तिक २६ | मध्यान्ह ०८:०७ बजे

सुरेश यादव,नवलपरासी /कार्तिक २६ । आज पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकाले दुई मावि बिद्यालयलाई बस हस्तान्तरण गरेकाे छ । बिद्यालयलाई बस हस्तान्तरण पाल्हिनन्दन गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता (दिपक) गर्नुभएको हाे ।received 1059751744859663

पाल्हिनन्दन गाउँपालिका वडा नं २ मा रहेकाे हरपुर मा वि र पाल्हिनन्दन वडा नं ६ मा रहेकाे सुकदेव मा वि लाई बस हस्तान्तरण गरिएकाे गाउँपालिका अध्यक्ष गुप्ताले जानकारी दिनुभयो । सार्वजनिक बिद्यालयमा पढ्ने विधार्थीहरुलाई बिद्यालय आउन जान समस्या हुने गरेकाेले बस हस्तान्तरण गरिएकाे अध्यक्ष गुप्ताले बताउनु भयाे ।

साथै आज गाउँपालिकाले कृषकहरुलाई ५० प्रतिसत अनुदान गहुँको बियु वितरण गरेकाे गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गाैतमले जानकारी दिनुभएकाे छ ।received 440511037459862

कमेन्टहरु