पश्चिम नवलपरासीको परासीमा पहिलाे पटक अभिनय कार्यशाला तथा कचहरी नाटक सुरु


सुरेश यादव,नवलपरासी / कार्तिक २६ । पश्चिम नवलपरासीको परासीमा आज पहिलाे पटक अभिनय कार्यशाला तथा कचहरी नाटक बालमन्दिरकाे हल परासीमा सुरु भएकाे छ । द कन्टेन्ट नेपालकाे आयाेजना तथा रामग्राम नगरपालिकाकाे सहयोगमा कार्यशाला तथा कचहरी नाटक सुर भएकाे हाे । 
द कन्टेन्ट नेपालका सञचालक भुपेन चाैधरीकाे अध्यक्षता तथा नेपालका चर्चित कलाकार नवलपरासी निवासी प्रमाेद अग्रहरीकाे प्रमुख आतिथ्यतामा कचहरी नाटक सुरु गरिएको आयाेजकले जनाएकाे छ ।
कचहरी नाटक कार्यक्रममा प्रशिक्षक एवम् कलाकार अनिल कुर्मी, देवीसा लामिछाने, कलाकार रामजी प्रजापति, मधेश मिडिया मिशन नेपाल नवलपरासीका अध्यक्ष सुरेश यादव, पत्रकार महेश यादव, विनाेद निगम लगाएतकाे उपस्थिति रहेकाे थियाे भने १२ जना परिक्षार्थीहरुकाे सहभागीता रहेकाे






















