देश

कैलालीबाट नक्कली नेपाली नोटसहित दुईजना पक्राउ

जगत ठाडा मगर
२०७८ कार्तिक २६ | मध्यान्ह ०३:०७ बजे

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–२ स्थित बौनिया गाउँबाट प्रहरीले नक्कली नेपाली रुपैयाँ (नोट) सहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही गाउँपालिकाका ३१ वर्षीय मोतीराम चौधरी र ४१ वर्षीय हसन चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता (डिएसपी) प्रतीक विष्टले जानकारी दिए । ईलाका प्रहरी कार्यालय सडकपुरबाट खटिएको टोलीले उनिहरुको साथबाट १ हजार दरका ४० वटा नक्कली नेपाली नोट बरामद गरेको छ ।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको डिएसपी विष्टले जानकारी दिए ।

कमेन्टहरु