ईलाका प्रहरी कार्यालय कञ्चनपुर सप्तरीको इन्चार्ज तिमिल्सिनाको निधन

जगत ठाडा मगर
२०७८ कार्तिक २६ | मध्यान्ह १२:०७ बजे

सप्तरी, २६ कात्तिक । सप्तरीमा कार्यरत एक प्रहरी अधिकृतको निधन भएको छ । ईलाका प्रहरी कार्यालय कञ्चनपुर, सप्तरीको इन्चार्ज प्रहरी नायव उपरीक्षक (डीएसपी) लोकनाथ तिमिल्सिनाको निधन भएको हो ।
तिमिल्सिनाको शुक्रबार बिहान उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख (एसपी) राजेन्द्र प्रसाद धमलाले जानकारी दिए । डिएसपी तिमिल्सिनाको उपचारको क्रममा नेपाल प्रहरी अस्पताल महाराजगञ्ज काठमाडौंमा निधन भएको उनले बताए ।
‘तिमिल्सिना केही दिन पहिला कोरोना पोजेटिभ पनि हुनु भएको थियो । तर, पछि ठीक हुनुभएको थियो,’ एसपी धमलाले भने, ‘तर उनको फोक्सोमा समस्या देखिएपछि उपचार गराइरहनु भएको थियो ।’
नेपाल प्रहरी अपराध अनुसन्धान कार्यालय भक्तपुर दरबन्दी भएका उनी केही महिना यता ईलाका प्रहरी कार्यालय कञ्चनपुर, सप्तरीमा काजमा खटिएका थिए ।






















