कानुन व्यवसायीहरुको योजना असफल पार्न सर्वोच्च परिसरमा सुरक्षाकर्मी परिचालन


काठमाडौं । कानुन व्यवसायीहरुले आज प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरालाई सर्वोच्च अदालतभित्र प्रवेश गर्न नदिने तयारीमा छन् । त्यसका लागि विहान ९ः३० बजेबाटै कानुन व्यवसायीहरु बारमा भेला भएर प्रदर्शनमा उत्रिएका छन् ।
कानुन व्यवसायीहरुको यो योजना असफल बनाउन सर्वोच्च अदालत भित्र र बाहिर व्यापक मात्रा सुरक्षाकर्मीहरु परिचालन गरिएको छ । सर्वोच्च अदालतभित्र प्रवेश गर्ने भित्री गेटहरु बन्द छन् भने बाहिरको गेट अगाडि दंगा नियन्त्रणका उपकरणसहित ठूलो संख्यामा प्रहरीहरु तैनाथ गरिएको छ ।
सर्वोच्च अदालतमा प्रवेश गर्ने महान्यायाधीवक्ताको कार्यालय छेउको गेट पनि बन्द गरिएको छ । कानुन व्यवसायीहरु प्रवेश गर्ने सर्वोच्च अदालत परिसरभित्र नेपाल बार एशोसिएसन तर्फको गेट बन्द गरिएको छ । महान्यायाधीवक्ताको कार्यालयतर्फबाट सर्वोच्च प्रवेश गर्ने अर्को गेट पनि बन्द छ ।
सेवाग्राही र अन्य व्यक्तिहरु प्रवेश गर्ने माइतीघर–सिंहदरबार पश्चिम गेट सडकखण्डमा पर्ने गेट अगाडि सुरक्षाकर्मीहरुको तैनाथ गरिएको छ ।






















