अवैध लागू औषध (नाईट्रोभेट) सहित एक युवक पक्राउ

जगत ठाडा मगर
२०७८ कार्तिक २५ | मध्यान्ह ०६:०७ बजे

सिरहा, कार्तिक २४ । सिरहाबाट लागू औषधसहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा लहान नगरपालिका वडा नं. १९ का २१ वर्षीय प्रेम मण्डल रहेका छन् ।
प्रहरी चौकी ठाडी र सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट ठाडीबाट खटिएको संयुक्त चेकिङ प्रहरी टोलिले उनलाई भारतबाट नेपाल तर्फ पैदल आउँदै गरेको अवस्थामा पक्राउ गरेको हो । मण्डललाई शंका लागेर चेकजाँच गर्ने क्रममा उनको साथबाट अबैध लागू औषध नाईट्रोभेट ५ पत्ता (७५ ट्यावलेट पिस) फेला परेको हो ।
उनलाई अहिले नियन्त्रणमा राखी थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।






















