अनेरास्ववियुद्वारा पोखरामा प्रधानमन्त्री देउवाको पुतला दहन

जगत ठाडा मगर
२०७८ कार्तिक २५ | मध्यान्ह ०४:०७ बजे

पोखरा । पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै पोखरामा विद्यार्थीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुतला दहन गरी विरोध प्रदर्शन गरेका छन् ।
बिहीबार नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले पृथ्वीनारायण क्याम्पस अगाडि पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रधानमन्त्रीको पुतला दहन गरेका हुन् । महँगीले जनता मारमा परेकाले विरोधस्वरुप प्रदर्शन र पुतला दहन गरिएको विद्यार्थी नेता महेन्द्र पौडेलले बताए ।
पौडेलले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्कालै फिर्ता लिन आग्रह गरे । उनले यदि मूल्यवृद्धि फिर्ता नलिए थप संघर्षका कार्यक्रम ल्याउने चेतावनीसमेत दिएका छन् ।






















