देश

१०औं महाधिवेशन स्थलको अवलोकन गर्न एमालेका शिर्ष नेताहरु चितवनमा

जगत ठाडा मगर
२०७८ कार्तिक २५ | मध्यान्ह ०३:०७ बजे

चितवन । नेकपा एमालेका शीर्ष नेताहरुले १०औं महाधिवेशन उद्घाटनस्थल तथा बन्दसत्र हुने स्थलको निरीक्षण तथा अवलोकन गरेका छन् । बिहीबार पार्टीका महासचिव ईश्वर पोखरेलको नेतृत्वको टोलीले एमाले महाधिवेशनको उद्घाटनको कार्यक्रम हुने स्थल नारायणी नदी किनारको स्थलगत अवलोकन गरेका हुन् ।

पार्टीका महासचिव पोखरेल सँगै नेताहरु विष्णु पौडेल, स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’, पार्टी प्रवक्ता प्रदिप ज्ञवाली, कार्यालय सचिव शेरबहादुर तामाङ, नेताहरु सुरेन्द्र पाण्डे, शंकर पोखरेल, विष्णु रिमाल, योगेश भट्टराई लगायतका शीर्ष नेताहरु महाधिवेशनस्थल नारायणी किनारको अवलोकन गर्न चितवन पुगेका छन् ।

उनीहरुले महाधिवेशनको बन्दसत्र हुने सौराहमा पनि स्थलगत अवलोकन गरेका छन् । चितवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै महासचिव ईश्वर पोखरेलले महाधिवेशन स्थलको निरीक्षण र आवश्यक तयारीका लागि चितवन आएको बताए । उनले स्थलगत निरीक्षणपछि छलफल गरिने र आवश्यक तयारीका काम अगाडि बढाउने जानकारी दिए ।

कमेन्टहरु