देश

नेपाली सेनाका प्रधानसेनापति र भारतीय विदेशमन्त्रीबिच भेटवार्ता

जगत ठाडा मगर
२०७८ कार्तिक २५ | मध्यान्ह ०२:०७ बजे

काठमाडौ । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले भारतीय विदेश मामिला मन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका छन् । भारत भ्रमणमा रहेका प्रधानसेनापति शर्माले बिहीबार विदेश मन्त्री जयशंकरलाई उनकै कार्यकक्षमा भेटेका हुन् ।

विदेश मन्त्री जयशंकरले भेटपछि एक तस्वीर ट्वीट गर्दै लेखेका छन्, ‘नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालाई स्वागत गर्न पाउँदा खुसी लागेको छ । उहाँको भ्रमणले हाम्रो सम्बन्धको निकटतालाई रेखांकित गर्छ ।’ मंगलबारभारत भ्रमणमा गएका उनले त्यहि दिन भारतीय सेनाका सेनाध्यक्ष मनोजमुकुन्द नरवणेलाई भेटेका थिए।

त्यस्तै बुधबार भारतीय राष्ट्रपति रामनाथ कोविन्दले उनलाई भारतीय सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरेका थिए । शर्माले भारतका रक्षामन्त्री राजनाथ सिंहसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।

कमेन्टहरु