देश

शीतलनिवासमा राष्ट्रपति र नेकपा कार्यकारी अध्यक्ष प्रचण्डबीच भेटवार्ता सम्पन्न

नवलपुर टुडे
२०७७ मंसिर २ | मध्यान्ह ०८:०८ बजे

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति विद्यादेवी भण्डारी बीच मंगलबार शितलनिबासमा भेटवार्ता भएको छ ।

पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको बेला राष्ट्रपति र प्रचण्डबीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ । राष्ट्रपतिलाई भेट्न प्रचण्ड साँझ साढे ५ बजे शीतल निवास छिरेका हुन ।

प्रचण्डले राष्ट्रपति संग करिब दुई घण्टा बिताएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ । स्रोतका अनुसार पार्टीभित्रको विवाद र त्यसको समाधानका विषयमा राष्ट्रपति र प्रचण्डबीच छलफल भएको थियो ।

कमेन्टहरु