सूचना / प्रबिधि

साईकल वितरण कार्यक्रम सम्पन्न

जगत ठाडा मगर
२०७८ कार्तिक १८ | मध्यान्ह ०५:०७ बजे

विनोद मण्डल
सिरहा, कार्तिक १८ । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका वडा नं ५ खरुकीयाहीस्थित श्री माध्यामिक विद्यालय कक्षा ८ मा अध्ययनरत छात्रा विद्यार्थीलाई आज एक कार्यक्रमका बीच साइकल वितरण गरिएको छ ।

साइकल बितरण कार्यक्रममा गाउँपालिकाको प्रशासकिय अधिकृत सुमित्रा लामा र वडा अध्यक्ष धर्मेन्द्र यादबको उपस्थितिमा आयोजीत कार्यक्रममा ३९ विद्यार्थीले साईकल पाएका हुन् । प्रदेश नं २ मुख्यमन्त्री कार्यालय अन्तर्गत बेटी बचाउ बेटी पढाऊ अभियान अन्तर्गत प्रदेशका विभिन्न जिल्लामा साइकल वितरण कार्यक्रम निरन्तर अघि बढिरहेका बेला स्थानिय अभिभावकलाई विद्यालयप्रति आकर्षणको लागि साइकल वितरण गरिएको छ ।

नेपाल विद्यार्थी संघको निवर्तमान केन्द्रिय सदस्य तथा यूवा नेता संजय कुमार यादबको विशेष पहलमा साइकल विद्यार्थीहरुले पाएर खुसी व्यक्त गरेका छन् । विद्यालयहरूमा बालबालिकामा साइकल वितरणले सकारात्मक सन्देश पुगेको अभिभावकहरुको ठम्याइ रहेकाे छ ।

कमेन्टहरु