समाज

महिला सामुदायिक स्वास्थ स्वयंसेवीकाहरुलाई सम्मानजनक विदाई

जगत ठाडा मगर
२०७८ कार्तिक १७ | मध्यान्ह ०७:०७ बजे

सुरेश यादव
नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा महिला सामुदायिक स्वस्थ्य स्वयंसेवीकाहरुलाई सम्मान जनक विदाई गरेको छ ।नगरबासीकाे सराेकार स्वच्छ, पारदर्शी, र विकासमुखी स्थानीय सरकार भन्ने मुलनाराका साथ रामग्राम नगरपालिका नगर कार्यपालिकाकाे कार्यालयकाे अायाेजनामा महिला सामुदायिक स्वस्थ्य स्वयंसेवीकाहरुलाई सम्मान जनक विदाई कार्यक्रम सम्पन्न भएको हाे ।

नगर प्रमुख नरेन्द्र कुमार गुप्ताकाे अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बाेल्दै नगरप्रमुख गुप्ताले स्वास्थ स्वयंसेविकाहरुलाई समुदायकाे विकासमा गरेको अमुल्य याेगदानकाे उच्च कदर गर्दै विदाई गरिएको बताए । उहाँले नगरपालिकाकाे कुनै ठाेस याेजना नभएको हुदा अन्य अान्तरिक स्राेतबाट नगद रु पचास हजार सहित सम्मान गर्दै स्वयंसेविकाहरुले समुदायकाे विकासका लागि विगतकाे वर्षदेखि निरन्तर गरिदै अाएकाे याेगदानलाई अाफु सधै सम्झि राख्ने बताउनुभयो ।

साथै उहाँहरुले भाेलेन्टियर रुपमा गर्दै अाईरहेकाे समाजसेवाकाे कुनै मुल्य गर्न नसक्ने समेत बताउदै उहाँहरुलाई नगरपालिकाकाे हरेक विकासकाे कार्यमा सहभागीता गराई सल्लाह सुझाव लिरहने बताउनुभएको थियो ।

साे अवसरमा कार्यक्रममा नगरउपप्रमुख रम्भा कुवर, बलराम साफकाेटा, रामनरेश राय, पत्रकार हुसेन असारी, सुरेश यादव, महेश यादव लगायतकाे अतिथिहरुकाे उपस्थितमा १९ जना स्वयंसेविकाहरुकाे सम्मान जनक विदाई गरिएको थियो ।

कमेन्टहरु