Opens in a new tab

यातायात

सिद्धिचरण लोकमार्ग अवरुद्ध

रासस
२०८३ अशोज ९ | मध्यान्ह १२:०६ बजे

ओखलढुंगा । लगातारको वर्षाका कारण ओखलढुंगाको सिद्धिचरण लोकमार्ग अवरुद्ध भएको छ ।

मानेभञ्ज्याङ गाउँपालिका–६ र ७ को सिमानामा पर्ने भँडारे खोलामा सडकमाथिबाट लेदोसहितको बाढी आउँदा सडक अवरुद्ध भएको हो । बाढीले सडकको भाग काटेर गहिरो बनाई करिब १५ मिटर सडकमा क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

अवरुद्ध सडक खुलाउन डिभिजन सडक कार्यालय हर्कपुरसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ । सडक खुलाउन नसकिएपछि आवतजावत पूर्ण रूपमा बन्द छ ।

कमेन्टहरु