Opens in a new tab

देश

पोखरीमा नुहाउन गएकी बालिका घर फर्किएनन्

जगत ठाडा मगर
२०७८ कार्तिक १७ | मध्यान्ह ०७:०७ बजे

विनोद मण्डल
सिरहा, कार्तिक १७ । सिरहाको लहान नगरपालिका वडा नं २४ गोविन्दपुर पुरानो टोलस्थित रहेको पोखरीमा आज करिब १.३० बजेको समयमा बालबालिकाहरुसँगै नुहाउन गएकी अर्जुन शाहकी नातिनी तथा अशोक शाहको १० वर्षीया छोरी अर्चना शाह पोखरिबाट घर फर्किएनन ।

अर्चना पानीमा डुबेपछि अन्य बालबालिकाहरूले गाउँलेलाई खवर गरेका थिए तर पोखरीमा पानीको सतह निकै गहिरो भएको हुनाने तत्कालै बालिकालाई उद्दार गर्न सकिएको थिएन । निक्कै प्रयासपछि बालिकालाई मृत अवस्थामा बाहिर निकालिएको थियो ।

पोखरीमा बर्खा अगाडि जेसीवि लगाई गहिरो खनिएको हुनाले बालिकाको ज्यान गएको स्थानियको भनाई रहेको छ भने अहिले पोष्टमार्टमका लागि लाहान अस्पतालमा राखिएको स्थानिय शितल शाहले बताउनु भएको छ ।

कमेन्टहरु