समाज

सामुदायिक प्रहरीद्वारा सिरहामा जनचेतना मुलक कार्यक्रम सम्पन्न

जगत ठाडा मगर
२०७८ कार्तिक १७ | मध्यान्ह ०६:०७ बजे

विनोद मण्डल
सिरहा, कार्तिक १७ । सिरहाको बन्दीपुरमा एक दिने बाल यौन दुर्ब्यबहार सम्बन्धी जनचेतना मुलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

आज करिब १२.३० बजेको समयमा ईलाका प्रहरी कार्यालय बन्दिपुरद्वारा आयोजित गरिएको कार्यक्रममा करिब ६० जनाको सहभागिता रहेको थियो ।

समाजमा निरन्तर भइरहने बालअधिकार हनन तथा महिला हिंशाबाट कसरी सुरक्षित रहने, कानुनी उपाय कसरी खोज्ने ? सामाजिक कुरीतिले बालबालिकामा कस्तो प्रभाव पार्दछ र त्यस्ता समस्याबाट जोगिनको लागि समुदायको कस्तो भूमिका रहने जस्ता बिषयमा छलफल भएको मिर्चैया प्रहरीले जनाएको छ ।

चेतना मुलक प्रहरीको कार्यक्रमबाट समाजमा सकारात्मक सन्देश जाने सहभागीहरुले बताएका छन् ।

कमेन्टहरु