देश

नवनिर्मित प्रहरी चौकी खोटाङ बुईपाको समुद्घाटन्

जगत ठाडा मगर
२०७८ कार्तिक १६ | मध्यान्ह ०२:०७ बजे

खोटाङ । जिल्ला प्रहरी कार्यालय खोटाङ मातहतमा रहेको प्रहरी चौकी बुईपाको नवनिर्मित कार्यालय भवनको समुद्घाटन् भएको छ । चौकीको हाता भित्र आज बिहान भएको एक कार्यक्रमका बिच १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि.सी.ले उक्त नवनिर्मीत साढे २ तले भवनको बिधिवत रुपमा उद्घाटन गर्नु भएको हो ।

१ नम्बर प्रदेश सरकारबाट विनियोजित २ करोड २ लाख २ हजार ४ सय १८ रुपैयाँको लागतमा प्रहरी चौकी बुईपाको कार्यालय भवनको निर्माण सम्पन्न भएको हो ।

भवनको उद्घाटन तथा निरीक्षण पश्चात कार्यक्रममा बोल्नुहुँदै प्रहरी नायव महानिरीक्षक बि.सी.ले गाँस बासको उचित ब्यवस्था भएसंगै प्रहरी कर्मचारीमा काम गर्ने थप हौसला मिल्ने बताउनु भयो । वहाँले सुन्दर भवनमा बस्ने प्रहरी कर्मचारीहरुले जनमैत्री प्रहरी सेवा प्रदान गर्नेमा आफु बिश्वस्त रहेको बताउँदै कानूनको परिधीमा रही जन चाहना बमोजिमको प्रहरी सेवा प्रदान गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिनु भयो ।

कार्यक्रममा प्रमुख अतिथी प्रहरी नायव महानिरीक्षक बि.सी.ले भवन निर्माणमा उल्लेखनिय भुमिका निर्वाह गर्नुहुने ब्यक्तित्वहरुलाई प्रशंसा पत्रले सम्मान समेत गर्नु भएको थियो ।

photo 2021 11 02 01 28 10

कमेन्टहरु