मोटरसाइकल दुर्घटना हुँदा प्रहरी जवानको मृत्यु

जगत ठाडा मगर
२०७८ कार्तिक १६ | मध्यान्ह ०२:०७ बजे

जनकपुरधाम, १६ कात्तिक । रौतहटमा मोटरसाईकल दुर्घटनामा परि एक जना प्रहरी जवानको ज्यान गएको छ । ज्यान जानेमा सर्लाहीको धनकौल वैरिया घर भई हाल दुर्गा भगवतीको स्थित बडहर्वा प्रहरी चौकीमा कार्यरत रहेका ३३ वर्षीय रामनिवास यादव छन् ।
सोमबार राति सवा ८ बजेको समयमा गढीमाई नगरपालिकाको धरमपुर स्थित वागमती नदीको पुलमा मोटरसाईकल ठोक्किएर दुर्घटना हुँदा उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय गरुडाका डिएसपी श्रीराम भण्डारीले घटनाको विषयका थप अनुसन्धान भइरहेको बताए । मृतक प्रहरी जवाको शव शव पोस्टमार्टमको लागि गौर अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।






















