देश

समाजिक न्याय प्रतिको आमूल परिवर्तन मशीहा पार्टिको ५ औं संकल्प प्रशिक्षण कार्यक्रम अनलाइन सम्पन्न

नवलपुर टुडे
२०७७ मंसिर १ | बिहान ०८:०८ बजे

मंसिर १,काठमाण्डाै
समाजिक न्याय प्रतिको आमूल परिवर्तन मशीहा पार्टिको ५ औं संकल्प प्रशिक्षण कार्यक्रम अनलाइन (Zoom metting )मार्फत सम्पन्न भएको छ।

पार्टीको केन्द्रिय अध्यक्ष भरत गिरीको प्रमुख आतिथ्यमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो।सामाजिक न्याय प्रतिको संकल्प सहित विविध बिषयमा केन्द्रित कार्यक्रममा केन्द्रिय पदाधिकारी हरुले प्रशिक्षण दिएका थिए।

हाम्रो समाजमा भैइरहेको विभिन्न प्रकारका बिभेदहरुको समिक्षा गर्दै आमूल परिबर्तन मशीहा पार्टी नेपालले आज (Zoom metting ) राखेको केन्द्रिय उप सचिव धुर्ब श्रेष्ठले पिटि अनलाइनलाई बताए ।
धर्म संस्कृतिको नाममा गरिने बिभेद ,अपमान हरुको समेत चर्को आलोचना गर्दै ३० लाख क्रिस्चियनहरु दोस्रो दर्जाको नागरिक भएर जिउनुपरेको भन्दै धर्मनिरपेक्ष राज्यमा धर्मको नाममा गरिने विभेद आफुहरुलाई सह्य नभएको समेत केन्द्रिय अध्यक्ष भरत गिरिले बताएको छ।

लाखौ दलित समुदायहरुले अझैपनी दासत्व जीवन जिउनुपरेको छ।प्रेम सम्बन्धको कारण अकालमा ज्यान गुमाउनुपरेको छ।बिभिन्न किसिमका सामान्य विबादमा दलित समुदायहरुले अपमान खेप्नुपरेको छ।चुलोपानी छोएको निहुमा कुटपिट सहनुपरेको छ।त्यसैले सामाजिक न्यायको लागि आमूल परिवर्तन मशीहा पार्टी नेपाल जन्मिएको समेत कार्यक्रममा वक्ताहरूले धाराणा राखेका थिए।

पशुको सरह जीवन जिउनुपरेका विभिन्न समुदायहरुको हक र हितका लागि आमूल परिवर्तन मशीहा पार्टी नेपाल जोडदार आफ्नो एजेन्डामा सशक्तीकरण हुँदै राज्यको लाचारीपन लाई कार्यक्रममा सहभागी केन्द्रिय पदाधिकारीहरुले स्पष्ट जवाफ दिने ठोकुवा गरेका छन।

सबै प्रकारका धर्महरुको समान हकको लागि सबै मानव समुदायहरुको समानताको लागि सधै हाम्रो पार्टी लागिरहेकाले साथ सहयोगको लागि नेपाली समाजलाई अनुरोध गर्नुभएको पार्टीको उप सचीव धुर्ब श्रेष्ठले जानकारी दिनुभएको छ।

नेपालमा कुनैपनी पार्टीले दलित समुदायहरुको हक अधिकार उपलब्ध गराउन नसकेको ,क्रिस्चियनहरुको अधिकारलाई सुनिश्चित गर्न नसकेको ,मुक्ती र परिवर्तन चाहेका समुदायको मागलाई संबोधन गर्न नसके हुदा आमूल परिवर्तन मशीहा पार्टी नेपाल ले यी सबै विभेद हरुको गलत परम्परा लाई खोजिनिती गर्दै समानताको लागि प्रणाली बसाउन लागिरहने समिक्षा गर्दै पार्टीका अध्यक्ष गिरीले वक्तव्य जारि गर्दै कार्यक्रम सम्पन्न भएको छ।

कमेन्टहरु