देश

भरतपुरको एपोलो पेन्टसबाट ९७ लाख चोरि गर्ने कम्पनीकै सेक्युरिटी गार्ड पक्राउ

जगत ठाडा मगर
२०७७ कार्तिक ३० | मध्यान्ह ०४:०७ बजे

चितवनमा ९७ लाख चोरि गर्ने एकजना पक्राउ परेका छन् ।

भरतपुर महानगरपालिका -९ काँडाघारी स्थित रहेको एपोलो पेन्ट्स प्रालिको लकर फुटाई गत कात्तिक २७ गते नगद ९७ लाख चोरी गर्ने कालिका नगरपालिका ६ बस्ने ४० वर्षिय कबिराज थापा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

जिप्रका चितवनबाट खटीएको टोलीले अनुसन्धान गर्दा चोरि रकममध्ये सोही कम्पनीकै सेक्युरिटी गार्ड बस्ने क्वाटर (भवन) मा सेक्युरिटी गार्डको रूपमा काम गर्ने थापाको कोठाभित्र लुकाईछिपाई राखेको अबस्थामा ५७ लाख फेला पारेको जिप्रका चितवनका प्रवक्त्ता डिएसपी सूर्य थापाले जनकारी दिए ।

त्यसैगरि भवनको उत्तरपट्टि पर्खाल नजिकै झाडिमा लुकाई प्लाष्टिकको बोराभित्र छिपाई राखेको अबस्थामा ४० लाख फेला परेको हो।

चोरी कार्यमा प्रयोग गरिएका औजारहरू हेक्सा ब्लेड फ्रेम सहितको १ थान, फलामको रडबाट बनेको खुर्पी २ थान, पहेलो,निलो रङगको बोरा १ थान समेत बरामद गरिएको डिएसपी थापाले बताए।

चोरी कार्यमा प्रक्राउ व्याक्तिलाई चितवन जिल्ला अदालतबाट पक्राउ अनुमति लिई चोरी कसूर अन्तर्गत आवश्यक अनुसन्धान कार्य भैइरहेको प्रहरीले जनाएको छ ।

 

कमेन्टहरु