अर्थ

सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

जगत ठाडा मगर
२०७८ कार्तिक ११ | मध्यान्ह ०१:०७ बजे

काठमाडौ । नेपाली बजारमा छापावाल सुनको मूल्य ४ सय रुपैयाँले बढेको छ। बिहीबार छापावाल सुनको मूल्य ४ सयले बढेर ९२ हजार ४ सयमा कारोबार भइरहेको छ।

बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ थियो। नेपाली सुन चाँदी व्यवसायी महासंघले जनाए अनुसार तेजाबी सुनको मूल्य ९१ हजार ९ सय रुपैयाँ तोकिएको छ।

बुधबार तेजाबी सुन प्रतितोला ९१ हजार ५ सयमा कारोबार भएको थियो। यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ। बिहीबार चाँदी प्रतितोला १ हजार २५० कायम गरिएको छ।

कमेन्टहरु