देश

लागूऔषधसहित एक नेपाली भारतीय प्रहरीले पक्राउ गर्यो

जगत ठाडा मगर
२०७८ कार्तिक ११ | बिहान ०८:०७ बजे

विनोद मण्डल
सुनौली । भारतबाट लागूऔषध नेपाल लिएर आउँदै गरेको एक नेपालीलाई भारतीय प्रहरीले पक्राउ गरेका छन् ।

सुनौली नाकाबाट नेपाल ल्याइरहेको करिब १ करोड १७ लाख मूल्य बराबरको लागूऔषध हिरोइनसहित रुपन्देहीको सूर्यपुरा बस्ने भेष बहादुर थापालाई भारतीय प्रहरी टोलीले पक्राउ गरेको हो ।

उनलाईसीमा नाकाबाट पक्राउ गरी हिरासतमा राखी कानुनी कारवाहीको लागि अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ ।

कमेन्टहरु