राजनीति

काँग्रेसको महाधिवेशन कार्यतालिका फेरि सर्‍यो

जगत ठाडा मगर
२०७८ कार्तिक ११ | बिहान ०७:०७ बजे

काठमाडौं । नेपाली काँग्रेसले १४ औं महाधिवेशनको कार्यतालिका फेरि सारेको छ । बुधबार बसेको काँग्रेस केन्द्रीय निर्वाचन समितिको बैठकले आगामी मंसिर २७ देखि २९ गते गर्ने गरी महाधिवेशनको मिति सारेको हो ।

काँग्रेस निर्वाचन समितिका सदस्य एगराज पोखरेलले वडा अधिवेशन हुन नसकेका १३ जिल्लामा कात्तिक २७ गते वडा अधिवेशन हुने बताएका छन् । उनका अनुसार कात्तिक ३० गते पालिका अधिवेशन हुने छ । यसअघि नै काँग्रेसले ६४ जिल्लामा महाधिवेशनको प्रक्रिया अगाडि बढाइसकेको छ ।

पोखरेलका अनुसार मंसिर ३ गते अधिवेशन हुन बाँकी रहेको सबै जिल्लामा प्रदेश अधिवेशन हुने छ । मंसिर ६ गते संघीय निर्वाचन क्षेत्र अधिवेशन र मंसिर १० गते जिल्ला अधिवेशनको मिति तोकिएको पोखरेलले जानकारी दिए । मंसिर १६ र १७ गते सात वटै प्रदेशको अधिवेशन हुने छ ।

मंगलबार पार्टीका शीर्ष नेताहरुको छलफलपछि निर्वाचन समितिले बुधबार नयाँ कार्यतालिका ल्याएको हो । प्रधानमन्त्री देउवाले मंसिरभित्र महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउन निर्देशन दिएका थिए । सोही अनुसार निर्वाचन समितिले नयाँ कार्यतालिका ल्याएको छ ।

कमेन्टहरु