देश

संखुवासभामा ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

जगत ठाडा मगर
२०७८ अशोज ३१ | मध्यान्ह ०२:०६ बजे

संखुवासभा । संखुवासभाको धर्मदेवी नगरपालिका–१ तीनजुरेमा ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा तेह्रथुम लालीगुराँस नगरपालिका –१ घुर्मुसेका ३७ वर्षीय रमेश दाहाल रहेको ट्राफिक प्रहरी प्रमुख मानबहादुर खत्रीले जानकारी दिए। आज बिहान करिब ५ बजे टुटेदेउरालीबाट गुफापोखरी जाँदै गरेको ट्र्याक्टर तीनजुरेमा दुर्घटना हुँदा त्यसका चालक दाहालको घटनास्थलमै मृत्यु भएको प्रमुख खत्रीले बताए। ट्र्याक्टर सडकबाट ३०० मिटर तल खसेको थियो।

दुर्घटना भएको ट्र्याक्टरको नम्बर प्लेट नखुलेको खत्रीले बताए। घटनाको थप अनुसन्धान भइरेहको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ।

कमेन्टहरु