Opens in a new tab

धर्म–संस्कृति/रीतिथिति

आज विजया दशमी, टीका लगाउने उत्तम साइत १० बजेर २ मिनेटमा

जगत ठाडा मगर
२०७८ अशोज २९ | बिहान ०७:०६ बजे

नवलपुर । आज बडादसैंको दसौँ दिन अर्थात् टीकाको दिन हो। यो दसैंको प्रमुख दिन पनि हो। आज मान्यजनबाट टीका र जमरा थापेर दसैं मनाइन्छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार साइत हेर्नेहरूका लागि घटस्थापनाका दिनदेखि पूजा आराधना गरिने देवीलाई बिहान ८ः१९ बजे विसर्जन गरिने साइत छ।

त्यस्तै टीकाको उत्तम साइत १०ः०२ बजे रहेको छ। टीका लगाउने मानिस पूर्व फर्कनुपर्ने समितिले जनाएको छ। आजको दिनदेखि कोजग्रत पूर्णिमासम्म दुर्गा भवानीको प्रसाद लगाउन सकिन्छ।

किम्बदन्तीअनुसार दशमीकै दिन दुर्गा भवानीले दानवी शक्तिमाथि तथा रामले रावणमाथि विजय हासिल गरेका थिए। सत्यले असत्यमाथि विजय पाएका कारण यस दिनलाई विजया दशमी भनिएको बताइन्छ।

कमेन्टहरु