गाउँपालिका अध्यक्षले सरकारी गाडीकाे दुरुपयोग गर्दा स्थानीय आन्दाेलित


सिराहा । सिरहाको नवराजपुर गाउँपालिकाका गा.पा अध्यक्ष विश्वमोहन यादवले सरकारी गाडीको दुरुपयोग गरेको भन्दै स्थानीय युवाहरु आन्दोलनमा उत्रेका छन् ।
अध्यक्ष यादवले आफ्नो निजि जग्गामा पोखरी खन्न पालिकाको सरकारी गाडी जेसिबी प्रयोग गरेको भन्दै बुधबार गाउँपालिकामा युवाहरुको एक समुहद्वारा तनावग्रस्त भएको नवराजपुर गाउँपालिका वडा नम्बर – ४ निवासी जिवछ प्रसाद यादवले बताए ।
आन्दोलित युवाहरुको एक समुहले सरकारी जेसिबिद्वारा पोखरी खनिरहेको अबस्थामा काम बन्द गराई साचो प्रहरीलाई बुझाएको छ । वडा नम्बर – ४ स्थित गापा अध्यक्ष यादवको निजि जग्गामा करिब डेढ महिना देखि उक्त गाडीले पोखरी खनिरहेको छ । त्यसमा सरकारी ट्रायक्टर समेत प्रयोग गरिएको उनिहरुको आरोप छ । पोखरीबाट निस्केको माटोलाई समेत पालिका अध्यक्ष यादवले नजिकै बरियारपट्टी गाउँपालिका वडा नम्बर – १ नरगीमा ४,५ सयको दरले बेचेको आन्दोलित पक्षको आरोप छ ।
यता गाउँपालिका अध्यक्ष यादवले,- मैले आफ्नो निजि जग्गामा पोखरी खनेको छु, तर पोखरीको माटो कसैलाई नबेचेको बताएका छन् , पोखरीको माटोले गाउँपालिकाको विभिन्न वडामा विकास गराएको दावी गरे ।
नव निर्मित पोखरी भन्दा करिब २ किलोमिटर नजिकै बरियारपट्टी गाउँपालिका नरगी टोल छ , त्यहाँको स्थानीयहरुले आफ्नै ट्रायक्टर ल्याई माटो लगेको अध्यक्ष यादवले बताए । मेरो निजि जग्गा हो । म माटो दिन सक्छु, त्यो मेरो अधिकारको बिषय भएको उनले सुनाए । मैले पोखरीको माटोले गाउँपालिकामा विकास गराएको छु उनले पुनः दोहर्याए ।
स्थानीयको निवेदनको आधारमा गाउँपालिका विभिन्न टोलहरुमा बिकास गर्न माटो खासालेको छु । र त्यसको लागि मैले सरकारी जेसिबिको प्रयोग गरेको अध्यक्ष यादवको कथन छ । राजनीतिक प्रतिशोध साध्न बिपक्षीहरुले म माथी विभिन्न झुठा आरोप लगाएको अध्यक्ष यादवको भनाई छ ।






















