देश

नेपालमा आज थप १९४६ जना कोरोना संक्रमित थपिए

नवलपुर टुडे
२०७७ कार्तिक २९ | मध्यान्ह ०६:०७ बजे

काठमाडौं । नेपालमा आज थप १९४६ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञिप्त मार्फत नयाँ थपिएका संक्रमितबारे जानकारी दिएको हो । यो सँगै देशभर कोरोना संक्रमित हुनेको संख्या २०८२९९ पुगेको छ । सक्रिय संक्रमितको संख्या ३६ हजार ४५२ छ ।

यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप २५०३ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । यो सँगै निको हुनेको संख्या १७०६३२ पुगेको छ ।

सोही अवधीमा कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ । यो संगै मृत्यु हुनेको संख्या पनि १२१५ पुगेको छ ।

कमेन्टहरु