राजनीति

पुर्ब बनमन्त्री प्रेम आले मगरलाई पर्यटन मन्त्री प्रस्ताव

जगत ठाडा मगर
२०७८ अशोज २२ | बिहान ०७:०६ बजे

धनगढी । पुर्ब बनमन्त्री प्रेम आलेलाई पर्यटन मन्त्री बनाउने प्रस्ताव गरिएको छ। नेकपा एकिकृत समाजवादी पार्टीले उनको नाम नागरिक, उड्यन तथा पर्यटन मन्त्रीमा प्रस्ताव गरेको हो।

पार्टीले चार मन्त्रीको टुंगो लगाएको हो। स्थायी कमिटीको म्याण्डेटअनुसार अध्यक्ष माधवकुमार नेपालले महासचिव वेदुराम भुसालसहितका केही नेताहरुको छलफलपछि चारै जना मन्त्रीको नाम टुँगो लगाएको पार्टीले बताएको छ।

पार्टीले स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा रामकुमारी झाँक्री, सहरी विकास मन्त्रालयमा विरोध खतिवडा र श्रम मन्त्रालयमा किसान श्रेष्ठलाई पठाउने निश्चित भएको छ।
नेकपा (एकीकृत समाजवादी)बाट सरकारको नेतृत्व विरोध खतिवडाले गर्ने भएका हुन्।

प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार नै मन्त्रिपरिषद् विस्तार गर्ने बताइएको छ। बिहान ११ बजे मन्त्रिपरिषद् विस्तार गरिने र नवनियुक्त मन्त्रीहरुको सपथ समेत शुक्रबार नै हुने छ।

कमेन्टहरु