राजनीति

नेकपा माओवादीका अध्यक्ष प्रचण्ड असाेज २३ गते नवलपरासी आँउदै

जगत ठाडा मगर
२०७८ अशोज २१ | बिहान ०६:०६ बजे

सुरेश यादव
नवलपरासी । नेपाल कम्युनिस्ट पार्टी माओवादीका केन्द्रीय अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड) यहीँ असाेज २३ गते पश्चिम नवलपरासी आउदै छन् ।

पश्चिम नवलपरासीकै नमुनाकाे रुपमा बनेको पाल्हीनन्दन गाउँपालिकाकाे प्रशासकीय भवन करिव दुई वर्ष वितिसक्दा कोराेना महामारीले समुद्घाटन हुन नसकेकाेले यहीँ असाेज २३ गते माओवादीका अध्यक्ष प्रचण्डको हातबाट उद्घाटन हुने कार्यक्रम रहेकाले उनी पश्चिम नवलपरासी आउने भएका छन् ।

साथै माओवादीको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम पनि हुनेछ पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ता (दिपक) ले नवलपुर टुडेलाई बताउनु भएको छ ।

कमेन्टहरु