नटुवा समुदायका ३१ घर धुरी का ७८ जना बालबलिकाहरुलाई शैक्षिक सामग्री वितरण(तस्बिरसहित)


कपिलवस्तु । शुद्धोदन गाउँपालिका लवनि कपिलवस्तु माहुरी होमको समन्वय एंव सहकार्यमा शुद्धोदन गाउँपालिकाको अशुरैना र प्रगति नगरका अल्पसंख्यक लोपोउन्मुख नटुवा समुदायका ३१ घर धुरी का ७८ जना बालबलिकाहरुलाई एक समारोह बिच शैक्षिक सामग्री स्यानो ७ कक्षा सम्मलाई स्यानो ब्याग थान १, लंग कापी ३००नं ३ वटा, पैन्सिल ६ पीस, ईरेरजर १ पीस, कटर १ पीस, स्विटर १ पीस, र ७ देखी १० कक्षा सम्म का लाई ठुलो ब्याग थान १, लंग कापी ५००नं ३वटा, डट पेन १ पैकेट, जोमेट्री बक्स १ थान, स्विटर १ पीस, बितरण कार्यको शुभारंभ गरियो! गाउँ पालिका अध्य्क्ष निशार अहमद खानको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमका प्रमुख अतिथि अन्तरराष्ट्रीय भिक्षु महासंघ अध्यक्ष भिक्षु मैत्री रहनु भएको थियो ।
उज्वल थापा एक नागरिक अगुवा हुनुहुन्थ्यो वहाँले कहिले सरकारको मुख नताकी बाटोमा खाल्डो देखिए एक चोटी ध्यानाकर्षण गराउने काम नभए अर्को चोटी आफैले बेल्चा बोकी खाल्डो पुर्दै हिड्नु हुन्थ्यो । कोभीड 19 को दोश्रो लहरको प्रतिकार्यको लागी जनसेवामा खटिदा वहाँलाई कोभीड भई औषधोपचार गर्दा गर्दै मृत्यु बरण गर्नु भयो । वहाँको औषधोपचारको लागी देश बिदेशबाट २४ घन्टा भित्र ६२ लाख फण्ड रेज भएको थियो । २० लाख खर्च भई बाकी रहेको ४२ लाख रकम वहाँको परिवार र वहाँका साथीहरुले उज्वल थापा मेमोरियल फण्ड स्थापना गरी देशै भरीमा कोभीडमा राम्रो काम गर्ने ३५ वटा संस्था पहिलो चरणमा छनौट गरी दोश्रो चरणमा ७ वटा संस्था छनौट गर्नु भयो! र ७ वटै संस्थालाई उक्त रकमद्वारा पुरुस्कृत गर्ने निर्णय गर्नु भयो ।
७ वटा संस्थामा छनौट हुन पुगेको माहुरीहोमलाई पनि पुरुस्कृत गर्नु भयो । वहाँहरुले तपाईंले प्राप्त पुरुस्कार रकमबाट के गर्नु हुन्छ भनि सोध्दा अध्यक्ष रवि ठाकुरले नवलपरासी देखी नेपालगन्ज सम्म छरिएर रहेका अल्पसंख्यक लोपोउन्मुख नटुवा समुदायका बालिलिकाहरुको शिक्षामा पहुँच अभिवृद्धिका लागी शैक्षिक सामग्री बितरण गर्ने भन्नु भयो । प्राप्त २ लाख २ हजार राशिको उक्त पुरुस्कारबाट आज हामी बुद्धको पावन भुमी शुद्धोदन गाउँपालिका लवनिको स्वास्थ्य चौकीको हलमा प्रमुख अतिथि अन्तरराष्ट्रीय भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्री ज्युको पावन हातबाट बितरणको शुभारंभ गर्न पाउदा गौरवान्वित भएका छौ ।
कार्यक्रम बारे प्रकाश पार्ने क्रममा अध्यक्ष ठाकुरले स्व. उज्वल थापाको प्रेणाले मैले नी एक चोटी प्लेकार्ड देखाई मानव अधिकार कर्मीको धर्म निर्बाह गर्ने दोश्रो चोटी एउटा अशल नागरिकको हैसियतले जनता माझमा गई कर्तव्य निर्बाह गर्ने भन्नु भयो । हाम्रो यो अभियान नवलपरासी देखी नेपालगन्ज सम्मका झण्डै ४०० बालबालिका माझ पुग्ने ठाकुरले जानकारी गराउनु भयो ।

प्रमुख अतिथि अन्तरराष्ट्रीय भिक्षु महासंघ अध्यक्ष भिक्षु मैत्री ज्युले शैक्षिक सामग्री बितरणको शुभारंभ गर्दै बुद्धले जहिले पनि जो संग केही छैन उसलाई केही देउ भन्नु हुन्थ्यो आज म लोपोउन्मुख नटुआ जाती लोपोउन्मुखमा सुचिकृत नहुदा राज्यबाट कुनै किसिमको सेवा सुबिधा नपाई रहेको बेला माहुरीहोमले शिक्षामा पहुँच अभिवृद्धि कार्यक्रम मार्फत जुन शैक्षिक सामग्री बितरण कार्यको शुरुआत गर्यो त्यसको लागी माहुरीहोमलाई र एउटा बुद्धको अनुवाई सरह जुन महान कार्य गर्नु भएको छ रवि जीलाई म हृदय देखीनै धन्यवाद दिन चाहन्छु भन्नु भयो ।
लुम्बिनीमा रहेका नटुआ जातीका ४ जना बच्चाहरुलाई मैले अमेरिकी साथीहरुको सहयोगमा काठमाडौं पढन पठाएको थिए तर तिनीहरु ४ महिना मै भागेर आए मलाई लाग्छ घरको आर्थिक अवस्था दयनीय भएको कारणले उनिहरु भागेर आएको हुनु पर्छ वहाँले भन्नु भयो । कार्यक्रमका अध्यक्ष समेत रहनु भएका शुद्धोदन गाउँपालिकाका अध्य्क्ष निशार अहमद खानले शैक्षिक सामग्री बितरण गर्दै माहुरीहोमका हाम्रा अध्यक्ष ज्युले पहिलो लकडाउनमा राहत सामग्री दोश्रो लकडाउनमा राहत सामग्री एवं नया लुगा न्यानो लुगा बितरण गर्नु भयो ।
आक्सीजनको अभाव भएको बेला स्वास्थ्य चौकी सुव्यवस्थित गर्न आक्सीजन बिना कोहि मर्नु नपरोस भनि अभियान चलाई हामीलाई पनि आक्सीजन कन्सनट्रेटर १० लीटरको दिनु भयो । र अहिले नटुआ बालबालिकाहरुलाई शिक्षामा पहुँच अभिवृद्धि कार्यक्रम लिएर आउनु भयो र मेरै पालिकाबाट शैक्षिक सामग्री बितरणको शुभारंभ गर्नु भएकोमा वहाँ र वहाँको संस्था माहुरी होमलाई म मेरो ब्यक्तिगत तर्फबाट एवं पालिकाको तर्फबाट सक्दो सहयोग गर्ने बचन दिनुको साथै हृदय देखी नै धन्यवाद ब्यक्त गर्न चाहन्छु भन्नु भयो ।
वहाँले नयाँ लुगा न्यानो लुगा अभियान लिएर आउदा नटुआ बालबालिकाहरुलाई शिक्षामा पहुँच अभिवृद्धिका लागी शैक्षिक छात्रबृति दिन रवि जीले मलाई आग्रह गरेपछि मैले प्रत्येक बच्चा प्रति महिना रु ५००/- शैक्षिक छात्रबृति दिन सुरु गरेको भन्नु भयो । कार्यक्रम माहुरीहोमका अध्यक्ष रवि ठाकुरले संचालन गर्नु भएको थियो।























