देश

आजदेखि ललितपुरमा १८ वर्षमाथिका सबैलाई कोभिड–१९ विरुद्धको खोप दिइँदै

जगत ठाडा मगर
२०७८ अशोज २० | मध्यान्ह १२:०६ बजे

काठमाडौं । ललितपुर जिल्लामा आजदेखि १८ वर्षमाथिका सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाइँदै छ ।

जिल्लाअन्तर्गतका खोप केन्द्रहरूबाट ललितपुरवासीलाई भेरोसेल खोप दिन लागिएको हो । जिल्ला खोप समन्वय समितिको निर्देशनअनुसार १८ वर्षमाथिका उमेर समूहलाई भेरोसेलको पहिलो डोज खोप दिन लागिएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

चाडपर्वको समयमा भिडभाड बढ्न सक्ने र कोरोना फैलन सक्ने कुरालाई मध्यनजर गर्दै सबैलाई खोप दिने निर्णय गरिएको कार्यालयले जनाएको छ ।
महानगरभित्र २९ वटा र नगरले तोकेका आफूलाई पायक पर्ने स्थानमा गएर खोप लिन सकिनेछ ।

कमेन्टहरु