देश

नबिल बैंकलाई पुनः एसियाली विकास बैंकको अवार्ड

जगत ठाडा मगर
२०७८ अशोज २० | बिहान १०:०६ बजे

काठमाडौ । नबिल बैंक लिमिटेडले सन् २०२१ का लागि एसियाली विकास बैंकको ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्रामद्वारा नेपालको लिडिङ पार्टनर बैंकको अवार्ड पाएको छ ।

बैंकले यो अवार्ड अघिल्लो वर्ष पनि पाएको थियो । एसियाली विकास बैंकको ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्रामद्वारा व्यापार वित्तको बजारलाई उत्थान गर्दै व्यापारलाई हौसला दिने उद्देश्यका साथ बैंकहरूलाई जमानी र ऋण प्रदान गर्ने जनाइएको छ ।

ट्रेड फाइनान्स प्रोग्रामले जमानी र ऋणमार्फत बजारमा रहेका कठिनाइहरू अन्त्य गरेर दिगो विकासका लक्ष्यहरू हासिल गर्न देशहरूलाई सशक्त पार्ने बैंकले जनाएको छ । बैंकले १ जुलाई २०२० देखि ३० जुन २०२१ सम्म नेपालमा ट्रेड फाइनान्स प्रोग्रामसँग सबैभन्दा बढी कारोबार गरेको बैंकको दाबी छ ।

बैंकले देशभरिमा एक सय ३५ शाखा, एक सय ८४ एटिएम र एक हजार पाँच सयभन्दा बढी नबिल रेमिट एजेन्टमार्फत सेवा दिइरहेको जनाएको छ ।

कमेन्टहरु