देश

जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत २४ प्रहरीमाथि विभागीय कारवाही

जगत ठाडा मगर
२०७८ अशोज २० | बिहान ०९:०६ बजे

पर्सा । जिल्ला प्रहरी कार्यालय पर्साले गत आर्थिक वर्ष २०७७/०७८ देखि हालसम्म २४ जना प्रहरीलाई विभागीय कारवाही गरेको जनाएको छ । पछिल्लो समयमा जिल्लामा कार्यरत प्रहरीहरुले प्रहरी नियमावली विपरीत काम कारवाही गरेको आरोपमा कारवाहीमा परेको पर्सा प्रहरीको भनाई छ ।

प्रहरी नियमावली विपरीत काम कारवाही गरेको आरोपमा प्रहरी नायब निरिक्षकदेखि प्रहरी जवानसम्म कारवाहीमा परेको पर्साका प्रहरी उपरिक्षक बेलबहादुर पाण्डेले बताए । उनका अनुसार विभिन्न समयमा तीन जना प्रहरी विभिन्न फौजदारी मुद्धामा पनि परेको पाण्डेले बताए । यसअघि आर्थिक वर्ष २०७६/०७७ मा पनि पर्सामा कार्यरत १२ जना प्रहरी कारवाहीमा परेका थिए ।

प्रहरीको तथ्यांकले एक प्रहरी नायब निरिक्षक र तीन प्रहरी सहायक निरिक्षक सहित १२ जना प्रहरी विभागीय कारवाहीमा परेको देखाएको छ । प्रहरी अचारण विपरित काम गरेको आरोपमा कारवाही गरिएका १२ जनामध्ये ६ जना निलम्बनमा समेत परेका थिए ।

निलम्बनमा पर्ने मध्ये एक जना प्रहरी सहायक निरिक्षक, एक हवल्दार र चार जना प्रहरी जवान रहेको पर्सा प्रहरीले जनाएको छ ।

कमेन्टहरु